एनसेलबारे सर्वोच्चको आदेशविरुद्ध विप्लवद्वारा आन्दोलनको घोषणा

एनसेलबारे सर्वोच्चको आदेशविरुद्ध विप्लवद्वारा आन्दोलनको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एनसेलको कर असुलीबारे सर्वोच्च अदालतको फैसला राष्ट्रघाती भएको ठहर गरेको छ। सरकारकै इसारामा एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने राष्ट्रघाति निर्णय भएको ठहर गरेको हो ।

शनिबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै अदालतको आदेशविरुद्द चरणवद्द आन्दोलन गर्ने घोषणा गरेका छन् । आन्दोलनका कार्यक्रम अन्तरगत भदौ १७ गते न्यायाधिशहरुको पुत्ला दहन, १९ गते देशभर मसाल जुलुस, २१ गते एनसेल कार्यालयहरुमा विरोध प्रदर्शन, २३ गते एनसेल कार्यालयमा तालाबन्दी र २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो तल्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख छ।

गत सोमबार सर्वोच्च अदालतले एनसेललाई एक हप्ताभित्र पूँजीगत लाभकर तिर्न ठूला करदाता कार्यालयले गत वैशाखमा गरेको निर्णय बदर गरेको थियो ।

Logo