काठमाडौं ।
नेकपाको पछिल्लो विवादपछि नेकपाको धुम्बाराही पार्टी कार्यालय ओली पक्षले बन्द गराएको छ ।
नेकपाका दुई पक्ष भएर पार्टी फुटको स्थितीमा पुगे पछि छुटाछुटै केन्द्रीय कमिटी बैठक गर्ने अवस्थामा पुगेको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बैठक सकिएको छ भने प्रचण्ड माधव पक्षधरको बैठक बबरमहल कार्की पार्टी प्यालेसमा जारी रहेको छ ।
तर धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालय भने सोमबारबाट नै बन्द रहेको छ । पार्टीभित्रको बढ्दो विवादका कारण ओली पक्षले पार्टी कार्यालय बन्द गराएको छ ।
सोमबार कार्यालय पुगेका कर्मचारीहरुलाई ओली निकट केन्द्रीय सदस्य तथा पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले कर्मचारीहरुलाई आफ्नै घरमा बस्न निर्देशन दिएको कर्मचारी चन्द्रदेव पासवानले जानकारी दिएका छन् ।
पूर्वमाओवादी निकट कार्यालय सचिव श्रीराम ढकालले भने आफू केही ढिलो गरी कार्यालय पुग्दा कर्मचारीहरुलाई बिदा दिइसकिएको जानकारी पाएको बताए ।





























प्रतिक्रिया