नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिहिवार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच चर्काचर्की भयो । प्रधानमन्त्री ओली बिहिवार नै उपचारका लागि सिंगापुर प्रस्थान गरे ।
पार्टीमा घटुवामा परेका नेता नेपालले आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग खुमलटारमा भेटवार्ता गरेका छन्। दुई नेताबिच बिहान सात बजेदेखि भएकाे छलफल साढे ९ बजे सकिएकाे हो ।
पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई कार्यकारी अधिकार दिएर सिंगापुर गएका थिए । प्रचण्डले नेता नेपाललाई सहमतिमा ल्याउन प्रयास थालेका हुन् ।
प्रतिक्रिया