ओली पक्षले भोलि सातै प्रदेशमा भेला गर्दै

ओली पक्षले भोलि सातै प्रदेशमा भेला गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकले पार्टी एकता कायम राख्ने र कसैलाई पनि कारबाही नगरी पार्टी महाधिवेशन मंसिरमा गर्ने निणर्य गर्दै सम्पन्न भएको छ ।

बैठकले भोलि सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने गरी वक्ता र समन्वयकर्ता तोकिएका छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ ।

त्यस्तै कर्णालीमा शंकर पोखरेल, यमलाल कँडेल, लुम्बिनीमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भएका छन् । गण्डकीमा टोपवहादुर रायमाझी तोकिएका छन् भने बागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्नेछन् ।

Logo