नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले माला भनेपछि हुरुक्क हुने नेताहरुलाई जुत्ता महोत्सवमा बोलाउन आग्रह गरेका छन् ।
बिहीवार स्याउ महोत्सवमा नेताहरूलाई बोलाएर स्याउको माला लगाइदिएको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै गुरुङले यस्तो कटाक्ष गरेका हुन् । ‘धान महोत्सवमा बीऊको माला, आलु महोत्सवमा आलुकै माला, सायद यो स्याउ महोत्सव होला, त्यसैले स्याउकै माला लगाएका होलान्,’ उनले आफ्नो स्ट्याटसमा लेखेका छन्, ‘अब जुत्ता पसलेहरुले जुत्ता महोत्सव गरेर माला भनेपछि हुरुक्कै हुने नेताहरुलाई आमन्त्रण गरियोस् ।’





























प्रतिक्रिया