पूर्व गृहसचिव प्रेमकुमार राईको नाममा सामाजिक संजालमा फेक आइडी

पूर्व गृहसचिव प्रेमकुमार राईको नाममा सामाजिक संजालमा फेक आइडी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्व गृहसचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा सरकारले सिफारिस गरेका प्रेमकुमार राईको नाममा फेक आइडी सञ्चालनमा आएको खुलेको छ ।

राईको नाममा बनेको ट्विटरमा ललितानिवास र लडाकु शिबिरको फाइल खोल्ने उल्लेखसहित आफूलाई अख्तियार प्रमुखमा नियुक्त गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिइएको पोष्टहरु आइरहेका छन् ।

तर राईले आफ्नो कुनै पनि आधिकारिक सामाजिक सञ्जाल नरहेको बताएका छन् । अहिले राईको तस्बिर र नाम प्रयोग गरेर ट्विटरमा अनेकन विचार र भनाईहरु बाहिर आइरहेका छन् । राईको आफ्नो नाममा ट्विटर एकाउन्ट नभएको बताउदै, आफ्नो नाममा भएका पोष्टहरु बाहिर आएकाले यो फेक आइडी रहेको बताएका छन् ।

मेरो तस्बिर र नाम राखेर प्रयोग भएर पोष्ट भएका विचार वा सूचना मेरो होइन । राईले भनेका छन्, त्यसमा कोही पनि भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु । राईले आफ्नो नाम र तस्बिर प्रयोग गरेर भ्रमपूर्ण विचार पोष्ट गर्नेलाई तत्काल रोक्न पनि आग्रह गरेका छन् । नभए कानुनी उपचार खोज्ने उनले बताए ।

Logo