प्रतिनिधी सभा विघटनविरुद्ध कांग्रेसले केहीबेरमा बानेश्वरमा विरोध सभा गर्दै

प्रतिनिधी सभा विघटनविरुद्ध कांग्रेसले केहीबेरमा बानेश्वरमा विरोध सभा गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधी सभा विघटनको प्रस्ताव स्वीकृत गरेसँगै नेपाली कांग्रेसले राजधानीको नयाँ बानेश्वरमा प्रदर्शन गर्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधी सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताउँदै यसको प्रतिवाद गर्ने जनाएको हो ।

कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले साढे चार बजे वानेश्वरको एभरेष्ट होटल अगाडि विरोध सभा गर्ने भएको हो । विरोध सभालाई कांग्रेसका युवा नेता गगन थापाले लगायतले नेताले सम्बोधन गर्ने भएका छन् ।

आज बिहान बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले प्रतिनिधी सभा विघटनको प्रस्ताव गरेको थियो । राष्ट्रपतिले मन्त्रिपरिषदको प्रतिनिधि सभा विघटनको प्रस्ताव अनुमोदन गर्दै नयाँ निर्वाचनको मिति समेत घोषणा गरेकी छिन् ।

प्रतिनिधी सभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेपछि नेकपाभित्रै विरोध भएको छ । त्यस्तै, अहिले यसको विरोधमा विवेकशील साझा लगायत सत्तारुढ पार्टी नेकपाकै प्रचण्ड नेपाल निकटका संगठनहरुले आन्दोलन गर्ने तयारीमा रहेका छन् ।

Logo