काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज तथा सह-इन्चार्जको नामावली सार्वजनिक गरेको छ । आइतबार बसेको नेकपा सचिवालय बैठकले ७७ वटै जिल्ला र ६ महानगरका इन्चार्ज तथा सह इन्चार्जको नामावली सार्वजनिक गरेको हो ।
इन्चार्जको जिम्मेवारी पाउनेमा दुई जना बहालवालामन्त्री समेत छन् । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले काभ्रे जिल्लाको इञ्चार्जको जिम्मेवारी पाएका छन् ।
काभ्रेमा सह-इञ्चार्ज भने तोकिएको छैन। यस्तै, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले स्याङ्जा जिल्ला इञ्चार्जको जिम्मेवारी पाएकी छिन्।
त्यस्तै मकवानपुर जिल्लाको इन्चार्जमा विरोध खतिवडा चयन भएका छन् । भने काठमाडौं जिल्लाको इन्चार्जमा सावित्रा भुषाल तथा भरतपुर महानगरको इन्चार्जमा रेणु दाहाललाई तोकिएको छ ।





























प्रतिक्रिया