लोकसेवा आयोगको विज्ञापन खारेज गर्नुपर्छ- प्रचण्ड

लोकसेवा आयोगको विज्ञापन खारेज गर्नुपर्छ- प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापन खारेज हुनुपर्ने बताएका छन् । स्थानीय तहमा कर्मचारी भर्नाका लागि आयोगले खोलेको विज्ञापन खारेज हुनुपर्ने बताएका हुन् ।

खुमलटारस्थित आफ्नै निवासमा ‘आरक्षण बचाऊ आन्दोलन’ को ज्ञापनपत्र बुझ्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले संसदीय समितिले खारेज गर्न निर्देशन दिइसकेको हुँनाले आफूले धेरै भनिराख्नुपर्ने विषय नभएको बताए ।

विज्ञापनले संविधानको मूल मर्मलाई पक्रन नसकेको उनको टिप्पणी छ । प्रचण्डले भने, ‘संविधानको मूल मर्म भनेको समावेशिता हो । संघीयता हो । संघीयता र समावेशिताको मर्म र भावनालाई यसले बेवास्ता गरेको छ । त्यसकारण यसलाई करेक्सन गर्नुपर्छ ।’

Logo