काठमाडौं ।
नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले उखु किसानको भुक्तानी नदिन दबाब दिने नेतालाई मन्त्रीले किन कारबाही गर्न नसकेको भन्दै प्रश्न गरेका छन् ।
सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले उखु किसानलाई रुवाउने र उद्योगपतिलाई कारबाही गर्न नसक्नेले जिम्मेवारीबाट हट्नु पर्दैन ? भन्दै प्रश्न गरेका हुन् ।
बुधबार उद्योग समितिको बैठकमा उद्योग मन्त्री लेखराज भट्टले किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न नेताहरुको फोन आएको बताएका थिए । यस लगत्तै नेता गुरुङले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन् , नेताहरुले फोनबाट दबाब दिएका कारण उखु किसानहरुलाई भुक्तानी नदिने उद्योगपतिहरुलाई कारबाही गर्न नसक्ने मन्त्रीले लाज पचाएकै हुन् । हुन त नेताको घरमा विवेक बन्धक राख्नेहरुलाई लाज त लाग्दैन होला । उखु किसानलाई रुवाउने र उद्योगपतिलाई कारबाही गर्न नसक्नेले जिम्मेवारीबाट हट्नु पर्दैन ?





























प्रतिक्रिया