काठमाडौं । सत्तारुढ दल नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल सरकारको काम कारवाहीप्रति असन्तुष्ट बनेका छन् । सरकारको काम कारवाहीले जनतामाझ अलोकप्रिय बन्दै गएको भन्दै नेता नेपाल असन्तुष्ट बनेका हुन् ।
पूर्व सांसद मञ्च नेपालको १९ औ साधारण सभामा मंगलबार बोल्दै नेता नेपालले पुर्वाधार विनाका योजना घोषणा, मनपरि नियुक्ति र अवकासजस्ता कारणले जनतामा सरकारप्रति असन्तुष्टी बढेको बताए ।
न्युनतम पुर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या आएको उनको भनाई छ । व्यवहारमा लागु गर्न नसक्ने सिद्धान्त सहि सिद्धान्त नभएको उल्लेख गर्दै उनले परिर्वतनको आवश्यकता औल्याए । नेतृत्वले आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्नेमा जोड दिए ।





























प्रतिक्रिया