मस्को घटनाप्रति निवर्तमान अध्यक्ष तिमिल्सिना स्तब्ध

मस्को घटनाप्रति निवर्तमान अध्यक्ष तिमिल्सिना स्तब्ध

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रसियाको मस्को शहरनजिक रहेको क्रोकस सिटीहलको कन्सर्ट हलमा आतंकवादी हमलामा परेर ६० जनाको मृत्यु भएकोे घटनाले स्तब्ध तुल्याएको बताएका छन् ।

शनिबार विज्ञप्तिमार्फत् उनले साँझको समयमा कन्सर्टमा रमाइरहेका निहत्था नागरिकलाई निशाना बनाउने आतंकबादी कार्यको निन्दा र भत्र्सना गरेको बताए ।

विज्ञप्तिमा भनेका छन,‘मित्रराष्ट्र रसियाको मस्को शहर नजिक रहेको क्रोकस सिटीहलको कन्सर्ट हलमा आतंकबादी हमलामा परि कम्तीमा ६० जनाको ज्यान गएको तथा एकसय भन्दा बढी घाइते भएको घटनाले स्तब्ध तुल्याएको छ । साँझको समयमा कन्सर्टमा रमाईरहेका निहत्था नागरिकलाई निशाना बनाउने आतंकबादी कार्यको कडा शब्दमा निन्दा र भत्सर्ना गर्दछु । उक्त घटनामा ज्यान गुमाउने निहत्था रुसी नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

उनले नेपाल शान्तिका अग्रदूत गौतम बुद्धको देश भएकाले शान्ति र अहिंशाका पक्षधरहरुले बिश्वका कुनैपनि देशमा हुने यस्ता आतंकबादी घटनाहरुको समर्थन गर्न नसक्ने पनि बताएका छन् ।

विश्वमा शान्ति कायम गर्न हरेक देशले आतंकवादी गतिविधिलाई निरुत्साहित तथा नियन्त्रण गर्न आवश्यक रहेको उनको भनाई छ । ‘नेपाल शान्तिका अग्रदुत गौतम बुद्धको देश भएकाले सधै अहिंसा र शान्तिको पक्षमा रहेको छ । शान्ति र अहिंसाका पक्षधरहरुले विश्वका कुनैपनि देशमा हुने यस्ता आतंकवादी घटनाहरुको समर्थन गर्न सक्दैन । रुसमा भएको आतंकवादी हमला शान्ति र अहिंशाका बिरुद्ध गरिएको अमानवीय घटना हो । बिश्वमा शान्ति कायम गर्न हरेक देशले आतंकबादी गतिबिधीलाई निरुत्साहित तथा नियन्त्रण गर्न आवश्यक छ साथै आतंकबादी गतिविधी बिरुद्ध एकजुट हुन सबैमा हार्दिक अपिल पनि गर्दछु,’ उनले भनेका छन् ।

Logo