पूर्वराजाले ज्ञानेन्द्र शाहीकाे जिल्लामा गरे दमदार भाषण, सहकारीमा श्रममन्त्रीकै २३ लाख डुब्यो ![भिडियाेसहित]

पूर्वराजाले ज्ञानेन्द्र शाहीकाे जिल्लामा गरे दमदार भाषण, सहकारीमा श्रममन्त्रीकै २३ लाख डुब्यो ![भिडियाेसहित]

केन्द्रबिन्दु
70
Shares

उपनिर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ जिल्ला क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन ‘क’ मा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । विभिन्न दललगायत स्वतन्त्र उम्मेदवारले बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका हुन् । प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै इलाम २ को सांसद पद रिक्त छ भने बझाङ–१ को प्रदेश सभामा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको भने असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्यालले आफ्नै रकम सहकारीमा फसेको बताए
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा आफ्नै रकम फसेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै श्रममन्त्री अर्यालले सहकारीमा आफ्नै २३ लाख डुबेको र रकम उठाइदिन सक्नेलाई अलिकति रकम उपहारस्वरुप दिने बताएका हुन् । साथै उनले रास्वपा आएपछि देशको नेतृत्व गर्न आफ्नो पालो नआउने डरले कांग्रेसका युवा नेताहरुले विरोध गरिरहेको पनि आरोप लगाए । रास्वपालक्षित टिप्पणी गर्ने सांसदहरुको अनियमितताको बारेमा खोज्न बाध्य नबनाउन उनले चेतावनी पनि दिएका छन्।

जुम्लाको खलङ्गामा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह
जुम्लाको खलङ्गामा पुगेका पूर्वराजा ज्ञानेन्द शाहले नयाँ समझदारी, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको टिप्पणी गरेका छन् । ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ’ उनले भने । आफ्नै भूगर्भ भित्र अथाह धन भए पनि हामीहरु खानका लागि काम खोज्न भौतारी राखेको पनि उनको जिकिर थियो ।

बञ्चरेडाँडामा स्थानीय फेरी गरे अवरोध
विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो । आज बिहानैदेखि फोहर विसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध पारिएको छ । योसँगै काठमाडौंका सडकमा फेरि फोहर थुप्रिने जोखिम बढेको छ ।

राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा झडप
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । काठमाडौंको भद्रकालीमा भएको जनप्रदर्शनमा उत्रिएको भीड आक्रामक बनेपछि प्रहरीले लाठी चार्ज र पानीको फोहोरा प्रहार गरेको हो । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । दुई पक्षबीच हानाहानको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतो गाडी चढेर भागेका थिए । केही प्रदर्शनकारी घाइते भएका छन् ।

बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्यः शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन् । गठबन्धन टुटेपछि पहिलोपटक सभापति देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् । आपसमा घात, अन्तरघात नगरेर एक भएर पार्टीलाई एक्लै लग्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।

दुई पक्षबीचको झडपपछि तनाव समाधानका लागि पाँच बुँदे सहमति
सुनसरीमा शुक्रबार भएको दुई पक्षबीचको झडपपछि तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएको छ । बैठकमा घटनाको छानबिन गर्ने, दोषीमाथि कारबाही गर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने र तनाव साम्य भएपछि सुनसरीमा सद्भाव ¥याली आयोजना गर्ने निर्णय भएको छ । यस्तै जिल्ला प्रशासनले लगाएको कर्फ्यू क्रमशः खुकुलो पार्दै लैजाने सहमति पनि भएको छ ।शुक्रबार हरिनगर गाउँपालिकाको केन्द्र भुटाहामा भएको दुई समूहबीचको झडपले उग्र रुप लिँदा हरिनगरसहित सुनसरीका पाँचवटा पालिकामा त्यसको असर देखिएको थियो ।

नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक एसपी सरूवा भए
नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक एसपी सरूवा भएका छन् । प्रहरी महानिरीक्षक बसन्त कुँवरले शुक्रबार विभिन्न जिल्ला तथा कार्यालयहरूमा काम गरिरहेका एसपीहरूको सरूवा गरेका हुन्। प्रहरी महानिरीक्षक कुँवरले बारामा एसपी महेन्द्र खड्कालाई पठाएको छ। उनी प्रहरी प्रधान कार्यालय, सूचना विश्लेषण शाखा नक्सालमा कार्यरत थिए। त्यस्तै रौतहटमा अपराध अनुसन्धान विद्यालय महाराजगंजमा कार्यरत एसपी दिलीप घिमिरेलाई पठाइएको छ।

अमेरिका र चीनबीच ‘सन्तुलित वृद्धिका लागि गहन आदानप्रदान’
संयुक्त राज्य अमेरिका र चीनबीच ‘सन्तुलित वृद्धिका लागि गहन आदानप्रदान’ गर्न सहमति भएको छ । अमेरिकी अर्थमन्त्री जेनेट येलेन र उनका चिनियाँ समकक्षी हे लिफेङबीच ग्वान्झाओमा दुई दिनसम्म चलेको वार्तापछि अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र सी चिनफिङबीच भएको भेटवार्तापछि विश्वका दुई प्रमुख अर्थतन्त्रबीचको चट्टानी सम्बन्धलाई स्थिर बनाउने संयुक्त प्रयासमा यो पछिल्लो कदम हो ।” यी आदानप्रदानले समष्टिगत आर्थिक असन्तुलनको बारेमा छलफल गर्न मद्दत गर्ने दुई देशको विश्वास छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन तीर्थ पुनले जिते
लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनको उपाधि तीर्थ पुनले जितेका छन् । शनिबार भएको म्याराथनमा उनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरेकाा थिए ।उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै २ घण्टा २१ मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै खड्कबहादुर खड्का दोस्रो हुँदै नगद ३ लाख रुपैयाँ पाए भने २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेर तेस्रो भएका दुर्गाबहादुर बुढाले २ लाख रुपैयाँ पाए । महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् ।

Logo