‘कांग्रेसमा जनताको आकर्षण घटेको छैन’ : नेता रिजाल

‘कांग्रेसमा जनताको आकर्षण घटेको छैन’ : नेता रिजाल

केन्द्रबिन्दु
0
Shares

तनहुँ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसमा जनताको आकर्षण नघटेको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ खहरेमा मंगलबार आयोजित कार्यकर्ता भेटघाटमा नेता रिजालले जनताको भरोसा कांग्रेस पार्टीप्रति रहेको दाबी गरे ।

नेता रिजालले जनताको समस्यामा कांग्रेस सदैव साथ रहेकाले पार्टी जनताको मनमनमा बस्न सफल भएको बताए। गत निर्वाचनमा थोरै मतले कांग्रेस पराजित भए पनि आगामी निर्वाचन पश्चात् कांग्रेस ठूलो पार्टी बन्ने उनको दाबी थियो । “प्राविधिकरुपले चुनावमा पराजित भएका हौँ, अब फेरि ठूलो पार्टी कांग्रेस ठूलो पार्टी बन्छ”, उनले भने।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्रै एकता हुनुपर्नेमा जोड दिए। पार्टीका जिल्ला सभापति वैकुण्ठ न्यौपाने, बन्दीपुर गाउँ सभापति कर्ण खत्री लगायतले कांग्रेसलाई बलियो पार्टी बनाउनु पर्ने बताए ।

Logo