नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतका नवनियुक्त विदेशमन्त्री एस.जयशंकरलाई बधाई दिएका छन् । सभापति देउवाले शनिबार एक शुभकामना सन्देश पठाएर विदेश मन्त्री जयशंकरलाई सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।
‘म तपाईंलाई भारत सरकारको विदेशमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा शुभकामना दिन्छु । तपाईँको नियुक्तिले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको सरकारले कुटनीतिक रुपमा थप उचाइ लिने छ भन्नेमा म विश्वस्त छु,’ देउवाको शुभकामना सन्देशमा भनिएको छ ।
जयशंकरलाई नेपालमा नाकाबन्दी गर्ने मध्येका डिजाइनरका रुपमा लिइन्छ ।





























प्रतिक्रिया