वर्तमान सरकारको आयु चाँडै टुङ्गिनेवाला छ, अनि स्थिर सरकार बन्छः प्रवक्ता डा. महत [भिडियाे]

वर्तमान सरकारको आयु चाँडै टुङ्गिनेवाला छ, अनि स्थिर सरकार बन्छः प्रवक्ता डा. महत [भिडियाे]

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो नभएको टिप्पणी गरेका छन् ।

शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको अन्तर्क्रियामा प्रवक्ता डा. महतले वर्तमान सरकारको आयु चाँडै टुङ्गिने बताएका हुन् । उनले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै निर्माण हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाँडै टुङ्गिनेवाला छ । र चाँडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होइन, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चहान्छु ।’

यस्तै, प्रवक्ता डा. महतले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने भन्दै यसमा बहस चलाउन आवश्यक भएको पनि बताए । उनले नेपालको राजनीति काङ्ग्रेसको कारणले अन्यौलग्रस्त नभएको भन्दै अस्थिरता निम्ताउने र त्यसमा रमाउने प्रवृत्तिलाई निस्तेज गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपालको राजनीति नेपाली काङ्ग्रेसको कारणले अन्यौलग्रस्त भएको हाेइन । काङ्ग्रेसको कारणले अस्थिरता आएको हाेइन । जसले अस्थिरता निरन्तर रुपमा निम्ताई रहेका छन् त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ । नेपालको विकासको लागि घातक छ । नेपालको उन्नती र देशमा रोजगारी सिर्जनाको लागि घातक छ ।’

Logo