कांग्रेस संसदीय दल कार्यसमिति र दलको बैठक आज बस्दै

कांग्रेस संसदीय दल कार्यसमिति र दलको बैठक आज बस्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ।

संसदीय दल कार्यसमितिको बैठक आज दिउँसो १ बजे र आजै दिउँसो २ बजे संसदीय दलको बैठक बस्ने भएको छ।

बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ।

बैठकमा राजनीतिक घटनाक्रम र समसामायिक विषयमा छलफल हु्ने प्रमुख सचेतक रमेश लेखकको सचिवालयले बताएको छ।

Logo