काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन् ।
उनी आज राति व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्सालसहति फ्रान्सतर्फ प्रस्थान गर्न लागेका हुन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा त्यता जान लागेका बालेनले फेस्टिभलमा तीन दिन बिताउनेछन् ।
त्यस क्रममा मेयर बालेनले अन्य कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।
कान्सका मेयरले बालेनलाई पठाएको निम्तो पत्रमा फेस्टिभल फिल्मको क्रिएटिभ सहरलाई एकठाउँमा ल्याउने अवसरको रुपमा उल्लेख गरेका छन् ।





























प्रतिक्रिया