मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौः प्रधानमन्त्री प्रचण्ड

मुलुकको ऊर्जा क्षेत्रको थप प्रवर्द्धन गर्छौः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताएका छन्।

नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को २२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार निजी क्षेत्रको प्रवद्र्धनकै पक्षमा रहेको बताए।

सरकारले नीतिगत, कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीमा देखिएका समस्या समाधान गर्ने काममा सरकार लागेको प्रधानमन्त्रीको प्रष्टोक्ति छ।

“भर्खरै मात्र प्रस्तुत भएको नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गरिएको छ। अब हाम्रो ध्यान नीति तथा कार्यक्रमअनुरूपको बजेट निर्माणमा छ। यसपटकको बजेटले नीति तथा कार्यक्रमको लक्ष्य र प्राथमिकतालाई केन्द्र राख्ने कुरा पनि म जानकारी गराउन चाहन्छु”, प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीले ढुक्क भएर ऊर्जा क्षेत्रका आयोजनामा लगानी गर्न आह्वान गर्दै निजी क्षेत्रको संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले सम्भव सहयोग गर्ने बताए।

प्रधानमन्त्रीले नयाँ ऊर्जाका साथ ऊर्जा क्षेत्रमा लगानी प्रोत्साहन गर्न, लगानी प्रवद्र्धनका निम्ति सरकारले लिएका नीतिहरूको प्रभावकारी सम्प्रेषण गर्न र आयोजना निर्माणमा थप तीव्रता दिन समेत आग्रह गरे।

Logo