काठमाडौं । नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस मेला’ गर्ने भएको छ । देशभर ‘जागरण अभियान’ सुरु गरेको कांग्रेसले काठमाडौंसहित देशका विभिन्न भागमा ‘नेपाली कांग्रेस मेला’ आयोजना गर्ने भएको हो । शुक्रबार बसेको केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो ।
पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको बैठकले बिभिन्न कार्यक्रम आयोजना गरी ३ दिनसम्म गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।
जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने, १५ गते बिहान प्रभातफेरी, साँझ दीप प्रज्वलन र १६ गते संघीयताको कार्यान्वयन विषयक विचार गोष्ठी आयोजना गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।
यस्तै, ७ प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम गर्ने, क्रियाशील सदस्यहरुका लागि १ दिने आधारभूत प्रक्षिण दिने निर्णय पनि प्रतिष्ठानले गरेको छ ।





























प्रतिक्रिया