काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग ११ तोला सुन, १०० तोला चाँदी, एक सेट हिराको गहना रहेको छ । मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्री श्रेष्ठसँग नगद ६ करोड ४५ लाख ५४ हजार रुपैयाँ रहेको पाइएको छ ।
शिक्षामन्त्री श्रेष्ठसँग एनआईसी एसिया बैंकको चाबहिल शाखामा १ करोड १५ लाख र चाबहिलमा नै रहेको एभरेष्ट बैंकमा ३७ लाख रुपैयाँ सम्पत्ति रहेको विवरणमा उल्लेख छ । मंगलबार सार्वजनिक गरेको विवरणमा उनका पति पाबल स्वाकिन्स्किले पारिश्रमिकबाट १ लाख ८९ हजार ७ सय डलर र १ लाख ८० हजार डलर उपहारबापत प्राप्त गरेको बताएकी छिन् ।
यसैगरी श्रेष्ठसँग काभ्रेमा ८ वर्ग क्षेत्रफल रहेको ९ लाख ९५ हजार बराबरको जग्गा रहेको पनि खुलासा भएको छ ।
शिक्षामन्त्री श्रेष्ठले उनका बाबुले उपहार दिएको नबिल बैंकमा ७४९ कित्ता सेयरसहित अन्य ३ कम्पनीमा २५ प्रतिशतदेखि ७० प्रतिशतसम्म सेयर रहेको सम्पत्ति विवरणमा उनले उल्लेख गरेकी छिन् । उनले आफ्नो नाममा १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटर र कोसी कोल्याबोको २० लाख मूल्य पर्ने ईभी रहेको पनि पनि वितरणमार्फत बताइएकी छन् ।





























प्रतिक्रिया