नेविसंघ स्याङ्जा-काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशन सम्पन्न

नेविसंघ स्याङ्जा-काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशन सम्पन्न

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ) स्याङ्जा–काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ।

शनिबार गोधुली फुडल्यान्ड बसुन्धारामा भएको अधिवेशनले सभापतिमा लक्ष्मण भुसाललाई सर्वसम्मत चयन गरेको हो। उक्त अधिवेशनबाट दोस्रो कार्यसमिति चयन भएको छ।

नेविसंघ स्याङ्जा–काठमाडौं सम्पर्क समितिका निवर्तमान अध्यक्ष ई.दिपेन्द्र क्षेत्रीको सभाध्यक्ष रहेको उक्त अधिवेशनको प्रमुख अतिथि नेपाली काँग्रेस उपसभापति एवम् पूर्वमन्त्री धनराज गुरुङ रहेका थिएभने विशेष अतिथि , केन्द्रीय सदस्य कुन्दन राज काफ्ले, कांग्रेस जिल्ला सभापति राजु थापा, गण्डकी प्रदेश सभापति पूर्वप्रदेश मन्त्री मेखलाल श्रेष्ठ,नेविसंघ पूर्व महामन्त्री, महासमिति सदस्य बलदेव तिम्लसिना, कांग्रेस स्याड्जा जिल्ला सचिव, महासमिति सदस्य एवं गल्याड् नगर प्रमुख गुरु प्र.भट्टराई, महासमिति सदस्यहरु भरत लम्साल, विष्णु पौडेल,डोल ब. खड्का, महाधिवेशन प्रतिनिधि ईन्द्र रिजाल, नेपाली कांग्रेस स्याड्जा–काठमाण्डौं सम्पर्क समिति सभापति देवी प्रसाद अर्याल, अर्जुन चौपारी गाउॅंपालिका अध्यक्ष, प्रदेश १(ख) सभापति प्रकाश तिवारी, भिरकोट नगर सभापति लक्ष्मण अधिकारी, नगर सचिव तारा अर्याल, नेविसंघ स्याड्जा–काठमाण्डौं सम्पर्क समिति का संस्थापक अध्यक्ष दीपक प्रसाद न्यौपाने ,नेपाल प्राध्यापक संघ केन्द्रीय कोषाध्यक्ष भूमा शर्मा देवी पाण्डे, नेपाल प्रेस युनियन उप–महासचिव दिलिपा श्री अधिकारीलगायत, नेपाल तरुण दल केन्द्रीय सदस्यहरू, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्यहरू सुवास पौडेल, महेश डोटेल, अमृत वोस्ती लगायत दर्जनौं केन्द्रीय सदस्यहरु साथै विभिन्न प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो। सम्पन्न अधिवेशनलाई सम्बोधन तथा शुभकामना दिने क्रममा प्रमुख अतिथि काँग्रेस उपसभापति धनराज गुरुङले आगामी दिनका लागि चयन हुने कार्यसमितिलाई शुभकामना दिँदै आफ्नो समयमा नेविसंघको गरिमा, महत्व र संगठनभित्रको अनुशासन विषयमा चर्चा गरेका थिए।

जिल्ला सभापति माननीय राजु थापा जयले सफलताको शुभकामना दिँदै विधार्थीहरु नेताको झोला बोक्ने भन्दा आफ्नो अध्ययनमा ध्यान दिनुपर्ने र नेपाली कांग्रेस सधैं जनताको सार्वभौम, वाक स्वतन्त्रता, समानताको पक्षमा रहेको संविधान रक्षा गर्नुपर्ने र देशमा अब आर्थिक क्रान्ति को आवश्यकता रहेको बताए। सम्पर्क समितिका निवर्तमान सभापति ई. दिपेन्द्र क्षेत्रीले विद्यार्थीहरूको हक हितको लागी सदैव तत्पर हुनुपर्ने भन्दै नवनिर्वाचित समितीलाई बधाई तथा शुभकामना व्यक्त गरे।

यस्तै, नवनिर्वाचित सभापति लक्ष्मण भुसालले विद्यार्थीहरूका जीवनमा आइपर्ने शैक्षिक, आर्थिक, स्वास्थ्यलगायतका समस्यामा समितिले सदैव सहयोग गर्ने बताए। सभापति भुसालले जिल्लाबाट राजधानीमा आई अध्ययनरत विद्यार्थीलाई शैक्षिक नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने समेत बताए।

Logo