काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धि विधेयकप्रति आपत्ति जनाउँदै फिर्ता लिन बाध्य बनाउने चेतावनी दिएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिडियासम्बन्धि सरकारले ल्याएको सो विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधि रहेको उल्लेख गर्दै संसद र सडक दुवै तर्फको आन्दोलनबाट फिर्ता गराउन बाध्य पार्ने चेतावनी दिए ।
आईतबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारले ल्याएको सो विधेयकको विरोधमा उत्रिएका पत्रकारहरुको आन्दोलनमा आफ्नो पार्टीको पूण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
एक फरक प्रसंगमा सभापति देउवाले संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको ‘तत्कालीन राजा महेन्द्रले प्रयोग गरेको भाषा जय नेपाल किन प्रयोग गरेको ?’ भन्ने प्रश्न पागलपनको उपज भएको टिप्पणी गरे । उनले नेपालमा जय नेपाल नभनेर के ‘जय भारत’, ‘जय चीन’ भन्ने ? भनि संचारमन्त्री बास्कोटालाई प्रतिप्रश्न पनि गरे ।





























प्रतिक्रिया