काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ पारित गरेको छ।
शुक्रवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको समिति बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक,२०७७ सर्वसम्मत रूपमा पारित गरेको हो।
राष्ट्रियसभाबाट पारित भएर आएको उक्त विधेयकमा समितिमा छलफल गरेर गरेर पारित गरिएको हो।
उक्त विधेयकमा राष्ट्रिय महत्वका कागजात नेपाल बाहिर लैजान नपाउने, त्यस्ता कागजात नेपाल बाहिर लानुपर्ने अवस्थामा मन्त्रिपरिषद्को स्वीकृत लिनुपर्नेलगायतका व्यवस्थाहरू रहेका छन्।
उक्त विधेयकको प्रतिवेदन अब प्रतिनिधि सभामा पेस हुनेछ। प्रतिनिधि सभाबाट स्वीकृत भएर पुनः राष्ट्रिय सभामा लगिनेछ।
प्रतिनिधि सभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभा अध्यक्षबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्नेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनमा रूपान्तरित भएर कार्यान्वयनमा आउँछ।





























प्रतिक्रिया