प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न, ‘तपाईले यस्तो कुरा कहाँबाट थाहा पाउनुभयो ?’

प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न, ‘तपाईले यस्तो कुरा कहाँबाट थाहा पाउनुभयो ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले वाईडबडी, बालुवाटार जग्गा प्रकरणका प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । सबै प्रकरणमा छानविन एकातिर हुने, तर प्रधानमन्त्रीले फैसला सुनाउने गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसद थापाले प्रश्न गरेका हुन् ।

थापाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ‘वाइडवडी खरिद प्रकरण, बालुवाटारको जग्गा प्रकरणमा अभुतपूर्व काम गरेको भनी स्वयमको प्रशंसा गर्नुभयो । छानविन गर्ने निकाय एकातर्फ, फैसला दिने प्रधानमन्त्री । मन्त्रीज्यू निर्दोष हुनुहुन्थ्यो, महासचिव ठगिनु भएछ, अर्का महासचिव विचरा ! यस्तो कुरा प्रधानमन्त्रीजीले कहाँबाट थाहा पाउनुभयो ?’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि प्रधानमन्त्री ओलीले सांसद थापाले राखेको प्रश्नको जवाफ दिएनन् । नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्डा र निम्छराको अभिव्यक्तिको वास्ता नगरेर प्रश्नहरुको जवाफ भन्ने वित्तिकै कांग्रेसले प्रधानमन्त्रीले संसद र सांसदको अपमान गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए । सो क्रममा प्रतिपक्षी दलका सांसद र प्रधानमन्त्रीबीच सवाल जवाफ बढ्दै बैठक तनाबपुर्ण बनेको थियो ।

प्रधानमन्त्रीलाई सुवालको प्रश्न, ‘१२ हजार अस्थायी शिक्षकको व्यवस्थापन कहिले ?’

Logo