फोरम र नयाँ शक्तिबीच पार्टी एकता, कांग्रेस नेता ढुंगाना पनि उपस्थित

फोरम र नयाँ शक्तिबीच पार्टी एकता, कांग्रेस नेता ढुंगाना पनि उपस्थित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता घोषणा गरिएको छ । नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गर्दै दुवै पार्टीले एकता घोषणा गरेका हुन् ।

दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ । सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुदें सहमति पत्रमा हस्तक्षर गरेका छन् ।

पार्टी एकीकरणसँगै जनयुद्ध, मधेश आन्दोलन, पहिचानसहितको संघीयतालाई जोड दिने भएका छन् । समाजवादी पार्टीले बहुदलीय मान्यता अनुरुप प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनबाट निर्वाचित संसदमा जाने बताएको छ।

त्यसैगरी समाजवादी पार्टीले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सिफारिसका आधारमा १०+१ प्रदेशसहितको संविधान संशोधनको मुद्दालाई आफ्नो एजेन्डा बनाउने भएको छ।

घोषणासभामा कांग्रेस नेता सहभागीः
एकता कार्यक्रममा पूर्व सभामुखसमेत रहेका नेपाली कांग्रेस नेता दमननाथ ढुंगाना पनि उपस्थित छन्।काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी एकता सभामा ढुंगानामा पनि सहभागी भएका हुन् ।

ढुंगानामा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट भक्तपुर २ मा उम्मेद्वार बनेका थिए । तर नेकपा नेता महेश बस्नेतसँग पराजित भएका थिए।

Logo