प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् बालेन

प्रधानमन्त्रीले बोलाएको बैठकमा गएनन् बालेन

केन्द्रबिन्दु
45
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको काठमाडौं उपत्यकाका मेयरहरूसँगकाे छलफलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भने अनुपस्थित भएका छन् ।

शुक्रबार प्रधानमन्त्रीले आयोजना गरेको छलफल काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियाे, तर बालेन अनुपस्थित भएका हुन् । उनकाे स्थानमा उपमेयर सुनिता डंगोल पुगेकी छन् ।

बेला बेला सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले संघीय सरकार तथा राजनीतिक दलका नेताहरूको आलोचना गरिरहन्छन् । हत्तपत्त उनी कतै बैठकमा पुग्दैनन् । आज पनि साेही भएकाे हाे ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस बमोजिम लगानी बोर्डले त्यससम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी गराएका छन् ।

Logo