विराटनगर । नेकपा संसदीय दलले प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम राख्ने निर्णय गरेको छ । नेकपा संसदीय दलको बैठकले प्रदेश १ को स्थायी राजधानी विराटनगरमै राख्ने निर्णय गरेको सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए ।
राजधानी विराटनगर रहने कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने निर्णय भएको उनले जानकारी दिए ।
अब नेकपाले यससम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गर्नेछ । प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ ।
यसअघि विराटनगर महानगरले प्रदेश राजधानीलाई आवश्यक पर्ने संरचना तयार पार्न महानगरले ५० विगाह जग्गा उपलब्ध गराउने घोषणा गरेको थियो ।





























प्रतिक्रिया