काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वर्तमान सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् । केपी ओली नेतृत्वको वर्तमान सरकारले एउट पनि राम्रो काम गर्न नसकेको दावी गर्दै सभापति देउवाले सरकारको कडा आलोचना गरेका हुन् ।
काँग्रेस सभापति देउवाले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली नेतृत्वको सरकारबाट जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा लाग्न पार्टीमा आवद्ध नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
बालिका निर्मला पन्तको हत्यारालाई कार्वाही गर्नुको सट्टा बचाउ गर्ने, मूल्य बढाउने, जनतालाई करमाथि कर थोपर्नेजस्ता जनताविरोधी काम ओली सरकारले गरिरहेको आरोप लगाए ।





























प्रतिक्रिया