कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनलाई पोजेटिभ देखिएको हो । सामाजिक संजाल फेसबुकमार्फत उनले यसको जानकारी दिएका छन् ।

उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन अनुरोध गरेका छन् । साथै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।

हिजो २०७७ साल मंसिर २६ गते गरिएको Covid-19 को PCR परिक्षण वाट मलाई Positive देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनु भएका सवैले आवस्यकता अनुसार परिक्षण गर्नुहुन र साबधानि अपनाउनु हुन अनुरोध गर्दछु । मेरो स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

Logo