हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन अभियानमा उत्साहजनक सहभागिता

हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन अभियानमा उत्साहजनक सहभागिता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै थालिएको हस्ताक्षर संकलन अभियानमा उल्लेख सहभागिता रहेको जनाएको छ । राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि चैत्र १७ गतेबाट देशव्यापी रुपमा हस्ताक्षर अभियान लागेको थियो ।

८१ प्रतिशत हिन्दुहरु रहेको मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दबाव दिन राप्रपाले देशभर हस्ताक्षर संकलन अभियान गरिरहेको हो । संकलन गरिएको सो हस्ताक्षर चैत्र २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम थियो । तर हस्ताक्षर अभियानमा मानिसहरुको उल्लेख्य सहभागीता रहेको भन्दै चैत्र अन्तिम सम्मको लागि समय थपिएको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

देशव्यापी अभियान थालेको तीन दिनमै ३० लाख भन्दा बढीले हस्ताक्षर गरेका थिए । अहिलेसम्म १ करोड भन्दा बढीले हस्ताक्षर गरेको हुनसक्ने अनुमान गरिएको छ । पार्टी अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडा र जनसंघर्ष परिचालन संयोजक वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले काठमाडौंमा हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर अभियानको थालनी गरेका थिए । राप्रपाले ७७ वटै जिल्लामा हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर अभियान सञ्चालन गरेको छ।

हालसम्मको हस्ताक्षरको तथ्यांक यकिन नभइसकेको तर देशैभर जुन उत्साहका साथ हस्ताक्षर संकलन कार्य भइरहेको सहायक महामन्त्री बर्तौलाको भनाई छ । हस्ताक्षर अभियानमा युवा, विद्यार्थी, महिला र हरेक उमेर समूहका व्यक्ति सहभागी भइरहेको उनको भनाई छ । हिन्दु राष्ट्र पुर्नस्थापना अभियानमा मुस्लिम र बौद्ध समुदायका मानिसहरुले पनि हस्ताक्षर गरेका छन् । बौद्ध र मुस्लिम धर्मावलम्बीहरूले उक्त अभियानलाई समर्थन गर्दै हस्ताक्षर गरेको हुन् ।

राप्रपाले हिन्दु राष्ट्र कायम गरिनुपर्ने, राजा सहितको लोकतन्त्र स्थापनाका लागि गोलमेच सम्मेलन हुनुपर्ने, संघीयता बारे जनमतसंग्रह गरिनुपर्ने लगायतका २२ बुँदे माग राखी गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। जनसंघर्ष अन्तर्गत नै राप्रपाले १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको छ ।

हिन्दु राष्ट्र पुर्नस्थापना अभियानमा मुस्लिम र बौद्ध समुदायको बलियो साथ

हिन्दु राष्ट्र पुनः स्थापनाका लागि राप्रपाद्वारा हस्ताक्षर संकलन अभियान

 

Logo