प्रतिनिधिसभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधिसभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । प्रतिनिधिसभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते अपराह्न २ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा दिन आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ६ गते अपराह्न १ बजे बस्नेछ ।

Logo