विप्लवका कोशी ब्यूरो संयोजक ‘पुष्कर’सहित २ जना पक्राउ

विप्लवका कोशी ब्यूरो संयोजक ‘पुष्कर’सहित २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता धनश्याम श्रेष्ठलाई पक्राउ गरेको छ । पार्टीका कोशी ब्यूरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) लाई आइतबार राति पक्राउ गरिएको हो ।

श्रेष्ठ काठमाडौँस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य पनि हुन् । त्यस्तै प्रहरीले आकाश शर्मा लाई मोरङबाट पक्राउ गरेको छ  ।

प्रहरीले शुक्रबार राति काभ्रेबाट नेकपाका मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध विभिन्न ४ वटा मुद्दामा अनुसन्धान भईरहेको छ ।

सरकारले विप्लव पार्टीमाथि प्रतिबन्ध लगाएपछि नेता तथा कार्यकर्ताहरुमाथि कडा निगरानी राखिएको छ । धमाधम विप्लव नेता तथा कार्यकर्ताहरु पक्राउ पर्ने क्रम जारी छ ।

Logo