राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्षमण्डलको संयोजकमा शरतसिंह भण्डारी नियुक्त भएका छन् ।
यसअघि महेन्द्र राय संयोजक रहेकोमा आज बुधवारदेखि भण्डारीको नेतृत्वमा राजपाले निर्णय गर्नेछन् । दुई-दुई महिनामा आलोपालो संयोजक परिवर्तन गर्ने सहमति अनुसार संयोजक परिवर्तन हुँदै आएको छ ।
आगामी वैशाख ७ देखि ९ गतेसम्म पार्टीको महाधिवेशन हुँदैछ । संयोजक भण्डारीको नेतृत्वमा पार्टीको महाधिवेशन निर्धारित समयमा नै सम्पन्न गराउनु ठूलो चुनौती रहनेछ ।
राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सदनमा निरन्तर संघर्ष गर्दै आएको छ ।





























प्रतिक्रिया