ब्यूरोक्रेसीले राजनीतिक व्यक्तिलाई आशंका गरे लक्ष्यमा पुगिँदैनः ज्ञानेन्द्र कार्की

ब्यूरोक्रेसीले राजनीतिक व्यक्तिलाई आशंका गरे लक्ष्यमा पुगिँदैनः ज्ञानेन्द्र कार्की

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले ब्यूरोक्रेसीले(कर्मचारी) राजनीतिक व्यक्तित्वलाई आशंका गरे कहिल्यै लक्ष्यमा पुग्न नसकिने बताएका छन् ।

सोमबार अर्थ समितिको बैठकमा बोल्दै नेता कार्कीले राजनीतिक व्यक्तित्वले पनि ब्यूरोक्रेसीलाई आशंका गर्न नहुने बताएका हुन् । उनले भने, ‘ब्यूरोक्रेसीले राजनीतिक व्यक्तित्वलाई आशंका गर्ने, राजनीतिक व्यक्तित्वले ब्यूरोक्रेसीलाई आशंका गर्यो भने लक्ष्यमा पुग्न सक्दैनौं । त्यसैले हामी एकजुट भएर हिड्नुपर्छ । हरेक अर्थमन्त्री आउँदा नीति बदल्ने छुट दिनुहुँदैन ।’

साथै नेता कार्कीले राष्ट्र बैंक भनेको नेपालको अर्थतन्त्रको आर्थिक सल्लाहकार भएको बताए । उनले राष्ट्र बैंकले निर्माण गर्ने कार्यविधिमा अर्थ मन्त्रालयको परामर्श हुनुपर्ने बताए ।

Logo