काठमाडौं । सांसद राजेन्द्र पाण्डेले काठमाडौं उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च अदालतको फैसलाले ठूलो समस्या ल्याउने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले भने, “यो फैसलाले जनतामाथि ठूलो समस्या सिर्जना हुँदैछ । करिब ६ लाख नागरिक विस्थापित हुने अवस्था देखिएको छ । नागरिकलाई सुकुम्वासी बनाउने गरी भएको सो फैसलाविरुद्ध सरकारले तत्काल पुनरावलोकनमा जानुपर्छ ।”
सांसद वीरेन्द्रप्रसाद महतोले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनले युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने योजना ल्याउन सरकारसँग आग्रह गरे ।
सांसद अब्दुल खानले देशभरका अस्पतालमा पर्याप्त जनशक्ति र पूर्वाधार नहुँदा नागरिकले सहज स्वास्थ्य सेवा पाउन नसकिरहेको उल्लेख गर्दै नागरिकको उचित स्वास्थ्योपचारको प्रबन्ध गर्न सरकारसँग माग गरे ।
सांसद राजकिशोर यादवले भ्रष्टाचार निवारणका लागि राज्यले स्थापना गरेको संरचनामाथिको विश्वसनीयता कमजोर हुँदै जानु विडम्बना भएको बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनःसंरचना गरेर जानुपर्नेमा जोड दिए ।





























प्रतिक्रिया