उपसभामुखलाई हटाउने तयारीमा माओवादीको खबरदारी

उपसभामुखलाई हटाउने तयारीमा माओवादीको खबरदारी

केन्द्रबिन्दु
114
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्ता पक्षको तयारीमा खबरदारी गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘उपसभामुख रानालाई पदबाट हटाउने कुरा हेरियो । यो सत्य हो भने माओवादी यसको प्रतिवाद र विरोध गर्दछ ।’

यसैगरी माओवादी सांसद हितबहादुर तामाङले पनि सरकारलाई यस्ता कदम नचाल्न खबरदारी गरेका थिए । सत्तारुढ दलले उपसभामुखको राजीनामा नै मागेपछि विपक्षी दलहरूले विरोध गरेका हुन् । यसअघि सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विरोध गरेका थिए ।

Logo