चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले हरेक व्यक्तिले योगदान राष्ट्रका लागि गर्नुपर्ने बताएका छन् ।
स्व.चन्द्रकान्त न्यौपानेको १२ औँ स्मृति दिवसको अवसरमा आज यहाँ आयोजित स्मृतिसभामा उनले हरेक व्यक्तिबाट राष्ट्र र जनतामा योगदान हुनुपर्ने बताएका हुन् ।
स्व. न्यौपाने जस्तै ठूलो मान्छे होइन असल मान्छे बन्न सके समाज परिवर्तन हुने विश्वास व्यक्त गर्दै नेता कोइरालाले आफ्नो व्यवहारले आफ्नो पहिचान हुने बताए । सामाजिक व्यक्तिले समाजको भलो गर्नुपर्नेमा उनको जोड थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ र दिनेश कोइरलाले पार्टीका लागि योगदान गर्नेको मूल्याङ्कन गर्नुपर्ने बताए । उनीहरूले पार्टीभित्रको आन्तरिक समस्या समाधान गरेर जनताको काममा कांग्रेस अग्रपङ्तिमा उभिनु नै न्यौपानेको सच्चा सम्मान भएको बताए ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, पूर्वसभापतिहरू जीतनारायण श्रेष्ठ, विकास कोइराला, कृष्णलाल सापकोटा, शेषनाथ अधिकारी, तोपमानसिंह गुरुङ, टिकाराम न्यौपाने, कांग्रेस नेता डा सूर्यकान्त घिमिरे, बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जोशीलगायतले न्यौपानेले पार्टीमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।





























प्रतिक्रिया