‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने माओवादीको निर्णय

‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने माओवादीको निर्णय

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने निर्णय गरेको छ । आइतबार सभामुख देवराज घिमिरेले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएपछि बसेको माओवादी संसदीय दल बैठकले हिंसा शब्द रेकर्डबाट नहटेसम्म अवरोधलाई जारी राख्ने निर्णय गरेको हो ।

गत भदौ १२ गते बसेको संसद बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधि सभामा माओवादी जनयुद्ध हिंसा नै भएको बताएका थिए। त्यसपछि माओवादीले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको थियो । तर, गत बुधबारको बैठकमा सभामुख घिमिरेले हिंसा शब्द असंसदीय नरहेको रुलिङ गरेपछि विवाद फेरि चर्किएको हो ।

Logo