विप्लवलाई प्रतिबन्ध लगाएकोमा नेकपाकै सांसदको असन्तुष्टि

विप्लवलाई प्रतिबन्ध लगाएकोमा नेकपाकै सांसदको असन्तुष्टि

केन्द्रबिन्दु
0
Shares

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले असन्तुष्टि जनाएका छन।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले विप्लवको नेकपालाई निषेध गरेर नभइ वार्तामार्फत मूलधारको राजनीतिमा ल्याउनुपर्ने बताएका हुन् । पौडेलले समस्याको समाधान गर्न सरकार गम्भीर भएर लाग्नुपर्ने बताउदै भने, ‘शान्तिपूर्ण ढंगबाटै सो समस्यालाई पनि सरकारले समाधान गर्नुपर्छ, ‘धकेल्ने, निषेध गर्ने वा जबरजस्ती गरेर कुनै पनि पक्षलाई युद्धमा जाने बाध्यात्मक अवस्था राज्यले बनाउनु हुँदैन।’ पौडेलले सिके राउत समूहले विगतका आफ्ना गतिविधि कायमै राखे ऊसँग गरिएको सहमतिबारे पनि सरकारले पुनर्विचार गर्नुपर्ने बताए।

विप्लब नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारी निर्णयको चर्को आलोचना भैरहेको छ।

Logo