नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनै काम हुँदैनः प्रधानमन्त्री

नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनै काम हुँदैनः प्रधानमन्त्री

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्नेगरी कुनै पनि काम नगर्ने स्पष्ट गरेका छन् । महासभामा उठाइने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराउँदै उनले राष्ट्रसंघको वडापत्रको पालना गर्दै अरूको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने र अरूको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने जनाएका हुन् ।

उनले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तरराष्ट्रिय प्रतिबद्धताका विषय राख्ने जनाए ।

‘विकास र समृद्धिको यात्रामा हाम्रा प्रयास र समस्याहरू जे छन् र हाम्रो प्रयासमा अपुग भएका विषयमा विश्वसँग हातेमालो कसरी गर्ने भन्ने विषय राष्ट्रसंघमा राखिनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल असल छिमेकी सम्बन्ध राख्न चाहन्छ । छुद्र र जाली छिमेकी होइन । हामी पनि छिमेकीप्रति त्यस्तै व्यवहार गर्छौँ । छैन कसैसँग शत्रुुता, छ सबैसँग मित्रता भन्ने हाम्रो सोच हुनेछ ।’

उनले अमेरिकामा रहँदा न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालय र बोष्टर्नस्थित हार्बर्ड विश्वविद्यालयमा पनि सम्बोधन गरी आफूहरूले रोजेर ल्याएको लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणालीबारे प्राज्ञिक दृष्टिकोण राख्ने स्पष्ट गरे ।

Logo