रास्वपालाई कांग्रेस महामन्त्रीको प्रश्नः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’

रास्वपालाई कांग्रेस महामन्त्रीको प्रश्नः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’

केन्द्रबिन्दु
186
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाका नेताहरूलाई भ्रम नछर्न भनेका छन् । पार्टी सभापति रवि लामिछानेले सहकारी प्रकरणमा ‘क्लिन चिट पाएको’ दाबी गरिरहेका रास्वपा नेताहरूलाई उनले यस्तो आग्रह गरेका हुन् ।

यस्तै उनले सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनले ‘प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने’ भनेकाले प्रतिवेदनको निर्णय पढ्न आग्रह गरेका छन् ।

शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ क्लिन चिट कि क्लियर चिट ? स्पष्ट हुनुहोस् । प्रचलित कानुनबमोजिम कारबाहीका लागि सिफारिस गर्ने प्रतिवेदनको सुस्पष्ट निर्णय पढौँ, भ्रम नछरौँ । बरु क्लियर चिट किटान गरेको छ प्रतिवेदनले । चिटको अर्थ–बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ।’

Logo