मन्त्री अधिकारीप्रति शोक पारित गर्दै राष्ट्रिय सभा बैठक स्थगित

मन्त्री अधिकारीप्रति शोक पारित गर्दै राष्ट्रिय सभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गरेका थिए। मन्त्री अधिकारीको ४६ वर्षको उमेरमा बुधबार तेहथुमको सिस्नेभिरमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।

चुहानडाँडा एयरपोर्ट निरीक्षण पश्चात पाथीभराको दर्शन गरी काठमाडौं फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेभिरमा हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

२०६४ र २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कास्की जिल्लाबाट अधिकारी निर्वाचित भएका थिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य अधिकारी यसअघि व्यवस्थापिका–संसदको विकास समितिको सभापति बनेका थिए । राष्ट्रिय सभाको अर्को बैठक आइतबार १ बजेका लागि बोलाइएको छ।

Logo