काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका नेता–कार्यकर्ता र पार्टी नेताहरुबीच चर्काचर्की भएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न तथा विधान संशोधन गर्दै देशभरका स्ववियू सभापति ईकाई अध्यक्षलाई केन्द्रीय प्रतिनिधि हुने प्रावधानको माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघ पूर्व महामन्त्री कुन्दन काफ्ले समूहका कार्यकर्ता र पार्टी नेताहरुबीच चर्काचर्की भएको हो ।
नेविसंघ कार्यकर्ताहरुलाई नेताहरु विमलेन्द्र निधि तथा डा. प्रकाश शरण महतले विद्यार्थी नेताहरुलाई कारवाही गर्ने चेतावनी दिएका थिए ।
प्रदर्शन र धर्नाले केही नहुने भन्दै विधानअनुसार निर्णय गर्ने बताएका थिए । उनीहरुबीच भएको विवादपछि सहमहामन्त्री प्रकाश शरण महतले विद्यार्थी नेता निरन्जन थापालाई कारबाही गर्ने चेतावनी दिए ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले दुई वर्षे कार्यकाल र त्यसपछि थपिएको ५ महिने कार्यकालमा समेत अधिवेशन गराउन नसकेपछि केहीदिनअघि राजीनामा दिएका थिए ।
महरको राजीनामासँगै बन्ने भनिएको नेविसंघको तदर्थ समितिमा समेत ३२ बर्षे हदम्याद लागू गर्नुपर्ने केहि विद्यार्थीको माग छ । तर, पार्टी नेतृत्व तदर्थ समितिमा ३२ बर्षे हदम्याद नलगाउने पक्षमा रहेको छ ।





























प्रतिक्रिया