‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’

‘क्रान्तिकारीबीच हातेमालो हुनुपर्छ’

केन्द्रबिन्दु
15
Shares

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले क्रान्तिकारी र प्रगतिशिल शक्तिहरुले हातेमालो गर्न आवश्यक रहेको बताएका छन् ।

दाङको देउखुरीमा आयोजित अखिल नेपाल शिक्षक सङ्गठनको तेस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै उनले पछिल्लो विकसित राजनीतिक घटनाक्रमले समाजवादी आन्दोलन नजिकिँदै गएकाले प्रगतिशील शक्तिहरूबीच हातेमालो जरुरी रहेको बताएका हुन् ।

जनपक्षीय र प्रगतिशील आन्दोलनमा शिक्षकको भूमिका विशिष्ट रहेको बताउँदै महासचिव विप्लवले जनवादी आन्दोलनमा शिक्षकले खेलेको भूमिकाको उच्च रहेको उल्लेख गरे । शिक्षकले नै वास्तविक समाजको धरातल बुझ्ने भन्दै उनले देशभर शिक्षकले विद्यार्थीमार्फत समाजवादी अभियानको बहस चलाउनुपर्ने बताए ।

Logo