होटलको उद्घाटन गर्न देउवा पुगे सिमरा, १५१ किलोको मालाले स्वागत

होटलको उद्घाटन गर्न देउवा पुगे सिमरा, १५१ किलोको मालाले स्वागत

केन्द्रबिन्दु
0
Shares

सिमरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सिमरामा भव्य स्वागत गरिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवालाई सिमरामा एक सय ५१ किलोको मालाले स्वागत गरिएको हो ।

बुधबार बिहान सिमरा पुगेका देउवालाई जितपुरसिमरा उपमहानगरपालिका कांग्रेस नगर समितिले १ सय ५१ किलोको माला लगाईएको हो । नगरसभापति सभापति श्यामबाबु गुप्ताले उक्त माला लगाईदिएका थिए ।

सिमरा विमानस्थलबाट कार्यकर्ताको ठूलो भीडसहित पार्टी कार्यालयसम्म लगिएका देउवालाई त्यहाँ आयोजित कार्यक्रममा मालाले स्वागत गरिएको हो ।

तर देउवाले सिमरामा केही पनि बोलेनन् । पर्सि काठमाडौं फर्किदा बोल्ने भन्दै देउवाले पत्रकारसँग कुरा गर्न नमानेका हुन् । देउवा कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुंगटाको लगानीमा वीरगञ्जमा खुलेको होटल दियालोको उद्घाटन गर्न सिमरा पुगेका हुन् ।

Logo