जनयुद्ध दिवस मनाउँदैं विप्लव पार्टीले लगायो प्रचण्डमाथि गम्भीर आरोप

जनयुद्ध दिवस मनाउँदैं विप्लव पार्टीले लगायो प्रचण्डमाथि गम्भीर आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सहिदहरुको सपनामाथि होलि खेलिरहेको आरोप लगाएको छ ।

सहिद दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रिय सदस्य भृकुटी उपाध्यायले जनयुद्ध सुरु गर्दाको उद्देश्य, सहिदहरुको बलिदान र नेपाली जनताको त्याग र समर्पणमाथि दाहालले तुषारापात गरिरहेको आरोप लगाए ।

उनले संसदीय राजनीतिको फोहोरी खेलविरुद्ध सुरु गरिएको जनयुद्धलाई धोका दिनेहरुले १५ हजारभन्दा बढि जनयुद्धका सहिदहरुको अपमान गरेको दावी गर्दै त्यसका विरुद्ध आन्दोलनमा आउन पनि सबैलाई आह्वान गरे । उपाध्यायले जनताको जनवादी व्यवस्था ल्याउने उद्देश्यका साथ पार्टीले जनवादी आन्दोलनको सुरु गर्नु परेको दावी गरे ।

चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा ¥यालीसहितको प्रर्दशन गरेको हो । प्रर्दशनमा सहभागी भएकाहरुले जनताको शासन व्यवस्था स्थापनाका लागि पार्टीको अभियानमा साथ दिन अपिल गर्दै नाराबाजी गरेका थिए ।

Logo