अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै राष्ट्रपति पौडेलले गरे छठी माताको पूजा

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै राष्ट्रपति पौडेलले गरे छठी माताको पूजा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा बिहीबार काठमाडौँको कमलपोखरीमा छठी माताको पूजा अर्चनापश्चात् अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

बिहीबार दिउँसो उनले कमलपोखरीमा पुगेर छठ पूजा गरेका हुन्।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ।

Logo