आमाको नामबाट नागरिकता माग्दै प्रदर्शन

आमाको नामबाट नागरिकता माग्दै प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

महिला अधिकारकर्मीहरुले आमाको नामबाट नागरिकता पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै काठमाडौंको माईतीघर मण्डेलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रर्दशन गरेका हुन । त्यस अवसरमा उनीहरुले आमाको कोखबाट जन्मिए पनि नागरिकता दिने व्यवस्था अझै सुनिश्चित गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

महिला अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरु सहभागी भएको सो विरोध प्रर्दशनमा नागरिकतामा समान अधिकार दिलाउन पनि आमाको नाममा नागरिकता पाउने व्यवस्था गर्न ढिलाई नगर्न भन्दै सरकारलाई दवाव दिइएको थियो ।

Logo