आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । निर्वाचन कार्यतालिका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ ।

स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ । जसमा ३५ महिला, ४८ पुरुष र एक अन्य छन् ।

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाले उम्मेदवारी दिएका छन् ।

Logo